वालेन भन्दा श्रृजना २ सय मतले पछि, केशव तेश्रो स्थानमा

काठमाडौं महानगरपालिकाको मेयर पदको मत परिणाम सबैका लागि चासो बनेको छ । विशेषगरि, स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको चर्चाका कारण पनि यसपटकको स्थानीय निर्वाचन चर्चामा छ ।

सामाजिक संजालमा जे जस्ता मत परिणाम सार्वजनिक भएपनि पछिल्लो मत परिणाम अनुसार बालेन्द्र शाह अर्थात बालेन शाह नै अगाडि छन् ।

उनले ४८० मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार श्रृजना श्रेष्ठले २८० मत प्राप्त गरेकी छिन् । तेश्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २ सय मत प्राप्त गरेका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७९ मत प्राप्त गरेका छन् ।