बालेनको दोब्बर मतको अग्रता

काठमाडौँ महानगरपालिकाको मत गणनाको पछिल्लो अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहको झण्डै दोब्बर मतको अग्रता कायमै रहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार साहले अहिलेसम्म २ हजार ७१ मत ल्याएका छन्।

राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले १ हजार १ सय ८९ मत प्राप्त गरेका छन्।

गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिनुएकी नेपाली कांग्रेस नेत्री सिर्जना सिंहले १ हजार ६ मत ल्याएकी छन् । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले १९१ मत प्राप्त गर्दा विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटाले २३ मत प्राप्त गरेका छन् ।

अहिले वडा नम्बर १, २, ३, ४ र ३२ मा मतगणना गरिएको हो ।