कलाकार भण्डारी ‘डिठ्टा साब’ वडा सदस्यमा विजयी

Mero Film

‘डिठ्टा साब’बाट दर्शकमाझ परिचित कलाकार किशोर भण्डारी स्थानीय चुनावमा वडा सदस्यमा विजयी भएका छन् । तारकेश्वर नगरपालिकाको वडा नं २ बाट सदस्यका उम्मेदवार भण्डारीले जित हासिल गरेका हुन् । भण्डारीको मूलथलो भने काभ्रे हो ।

भण्डारी नेपाली कांग्रेस पार्टीबाट सदस्यका प्रत्यासी थिए । भण्डारीले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै व्यक्तित्व विकास गर्ने आफ्नो एजेन्डा रहेको बताएका थिए ।

वडा नं २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएकको थियो। राधाकृष्ण खड्गीको कांग्रेस प्यानलले नेकपा एमालेलाई हराएको हो।


Leave a Reply

Your email address will not be published.