‘मिस नेवा २०११’ सुनिता डंगोलले ल्याईन् समाजवादीकोभन्दा तीन गुना बढी मत

सन् २०११ मा मिस नेवाःको ताज पहिरिन सफल सुनिता डंगोलको ठूलो मत अन्तरको अग्रता बन्दै गएको छ ।

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार डंगोलको अग्रता झनै फराकिलो बनाएकी छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म डंगोलले २ हजार ८८४ मत प्राप्त गरेकी छन् । यो मत उनको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले ल्याएकोेभन्दा तीन गुनाभन्दा बढी हो ।

एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले ८२३ मत प्राप्त गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट श्रेष्ठले उम्मेदवारी दिएका थिए ।

यस्तै, काठमाडौं महानगरको उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिनिता मगैयाले ६७० मत प्राप्त गरेकी छन् ।