नायक राज घिमिरे गोदावरी नगरपालिका –३ को अध्यक्षमा विजयी

गोदावरी नगरपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा अभिनेता राज घिमिरे (सानु राजा घिमिरे) विजयी भएका छन् । अध्यक्ष उम्मेदवार घिमिरे १०५९ मत सहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धोन्दी नेकपाका राम आचार्यले १०४९ मत प्राप्त गरेका छन् । घिमिरे अघिल्लो स्थानीय निर्वाचनमा यसै वडाबाट माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष उम्मेदवारमै पराजित भएका थिए ।

फिल्म ‘चपली हाइट’ले प्रदर्शनपछि निकै चर्चा पायो । यसले फिल्म क्षेत्रमा ‘नयाँ स्वाद’को सुुरुआत गर्यो भन्नेहरू पनि देखिए । फिल्मसँगै ‘हिट हिरो’का रूपमा दरिए राज घिमिरे । यसपछि उनले फिल्म ‘भिजिलान्ते’मा अभिनय गरे । राजको पहिचान म्युजिक भिडियोबाट पनि बनेको थियो ।

एड्रियन प्रधानको सारा खुुसी, आनन्द कार्कीको सम्झी सम्झी, रोशन गुुरुङको मलाई छोडी नजाऊ, दीपक लिम्बूको मुटु माग्यौ तिमीले लगायत तीन दर्जनभन्दा बढी म्युुजिक भिडियोमा उनले मोडलिङ गरिसकेका छन् ।

घिमिरेले केही अगाडि आफुले वडा अध्यक्ष चुनाव जितेमा अध्यक्षको हैसियतले पाउने कुनैपनि सरकारी सुबिधा नलिने घोषणा समेत गरेका थिए । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफुले पाउने उक्त सेवा सुविधा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि खर्च गर्ने समेत बताएका छन् ।