समीक्षा अधिकारीले भनिन्, हर कोहिको नजरमा राम्रो बन्न त सकिदैन

गायिका समीक्षा अधिकारीले सबैको नजरमा राम्रो बन्न नसकिने बताएकी छिन्।

समीक्षाले लामो समयपछि व्यक्तिगत भावनासँग सम्बन्धित स्टाटस अपडेट गरेकी हुन्। उनले सबैको नजरमा राम्रो बन्न नसकिने उल्लेख गर्दै आफ्नो नजरमा आफू गिर्न नहुने बताएकी छिन्।

आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमा एक तस्वीर सार्वजनिक लेखेकी छिन्, हर कोहीको नजरमा राम्रो बन्न त सकिदैन। बस् आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस्।’

गायिका अधिकारी विभिन्न व्यक्तिगत कारणले पछिल्लो समय आफ्नो क्षेत्रमा सक्रिय छैनन्।