गायक राजु लामा सगरमाथाको शिखरमा पुगे

गायक राजु लामाले सोमबार बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। लामासहित २७ जनाको टोली बिहान ६ बजेर ४० मिनेट जाँदा सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा चुचुरोमा पुगेका हुन्।

जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामा सगरमाथा चढेका हुन् । उनी पछिल्लो समय वातावरण अभियानमा सहभागी छन्।

उक्त दलमा नेपाल, चीन, अष्ट्रेलिया, रुस र पाकिस्तानका आरोही सहभागी थिए । उनीसँग सम्बन्धित आरोहण दलका अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढ्दा उनको टोली नाइके मिङ्‌मा भने अक्सिजनबिनै चुचुरोमा पुगेका थिए।

लामाले आरोहणकै क्रममा क्याम्प २–३ अर्थात् ६ हजार ५७४ मिटर उचाइमा पुगेर गायक लामाले एकल साङ्गीतिक प्रस्तुति पनि दिएका थिए । यसअघि लामाले लोबुचे पिकको सफल आरोहण गरेका थिए ।