जसिता र सलोनको ‘हनी बनी’को छायांकन सुरु

लामो समयको रस्साकस्सीपछि फिल्म ‘हनी बनी’को छायांकन सुरु भएको छ । लण्डनमा फिल्मको शुभसाइत गर्दै छायांकन सुरु गरिएको निर्देशक दिवाकर भट्टराइले जानकारी दिएका छन् । उनले एउटा मिठो आशा र विश्वास लिएर काम सुरु गरेको उल्लेख गरेका छन् ।

फिल्मको कलाकार छनोटदेखि भिसा प्रक्रियासम्म तनाव झेलेका दिवाकरले टिम पुरा गरेर काम सुरु गरेका हुन् । यो फिल्ममा नायिका जसिता गुरुङ, नायक सलोन बस्नेतको साथमा भारतीय मोडल अभिमन्यू तोमरको मुख्य भूमिका रहनेछ ।

यो फिल्मको अधिकांश छायांकन बेलायतमा नै हुनेछ । एबी प्रोडक्शनले यो फिल्मको निर्माण गर्नेछ । फिल्मको सुरुवातमा नायक अनमोल केसी र नायिका सारा सिर्पालीले काम गर्ने पक्का भएको थियो । तर, साराको बेलायतको भिसा लागेन ।

अनमोलले फिल्म छाडेका थिए । यसपछि केही समस्यामा परेको फिल्मको टिमले सम्पूर्ण चाँजोपाँजो मिलाउँदै छायांकन सुरु गरेको हो ।