साराका लागि २ महिना वर्कशप, जसिता साइन गरेपछि सुटिङ

फिल्म ‘हनी बनी’को छायांकन लण्डनमा सुरु भएको छ । यो फिल्ममा नायिका जसिता गुरुङ मुख्य भूमिकामा छिन् । जसितालाई साइन गरेको केही दिनमा नै निर्देशक दिवाकर भट्टराइले फिल्मको छायांकन सुरु गरे ।

तर, यो फिल्मका लागि नायिका सारा सिर्पालीले २ महिना वर्कशप गरेकी थिइन् । फिल्मको वर्कशप नायक अनमोल केसीले पनि गरेका थिए ।

साराले २ महिना वर्कशप गरेर बेलायतको भिसा नपाएर फिल्म छाड्नुपरेपछि दिवाकर तनावमा थिए । यसैले, उनले जसितालाई मनाए र फिल्मको छायांकन सुरु गरे ।

नायक अनमोल केसीले साराको भिसा नलागेपछि नयाँ नायिका अनुवन्धित गरेर वर्कशप गर्न समय लाग्ने भन्दै फिल्म छाडेका थिए ।

साराका लागि २ महिनाको वर्कशप गराएको फिल्मको टिमले जसितालाई अनुवन्धित गरे लगतै छायांकन सुरु गर्यो । एउटी नायिकाले २ महिना वर्कशप गर्नुपर्ने फिल्म अर्की नायिकाका लागि नपर्ने कारण के रहेछ ? कि साराले वर्कशप गरेपछि मात्र सक्छिन् भनेको भूमिको भूमिका जसिताले सहर्ज गर्न सक्ने हुन् ? यसको जवाफ दिवाकर र उनको टिमले पक्कै पनि देलान् ।

हामी त फिल्म उत्कृष्ट बनोस् भन्ने शुभकामना मात्र दिन सक्छौ ।