बालेनको मत १० हजार कट्यो, स्थापित भन्दा ४८ सय भोटले अगाडि

काठमाडौं महानगरको मेयर पदको मतगणना रोचक मोडमा पुगेको छ । मतगणना सुरु भएसँगै हरेक वडामा लिड गरिरहेका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले १० हजार भोट कटाएका छन् ।

उनले पछिल्लो मतगणना अनुसार १० हजार ३ सय ५९ भोट प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । केशवको ५५१४ भोट छ । उनी बालेन भन्दा ४८ सय मतले पछि देखिएका छन् ।

गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी श्रृजना श्रेष्ठ ४७९२ मतका साथ तेश्रो स्थानमा छिन् ।

बालेनले हरेक वडामा नै लिड गरिरहेका छन् । नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले आशा गरे जस्तो काठमाडौंको भित्री वडामा पनि बालेनले नै लिड गरिरहेका छन् ।