ट्रोलर्सको निशानामा महेश बाबु, बलिउडले थेग्न नसक्ने बयानपछि विवाद

साउथका स्टार नायक महेश बाबु पछिल्लो समय आफ्नो बयानका कारण चर्चामा छन् । उनले, आफूलाई बलिउड फिल्मबाट अफर आएको तर बलिउडले आफूलाई धान्न नसक्ने बयान दिएका थिए ।

बलिउडले आफूलाई थेग्न नसक्ने बयान दिएपछि विवादमा आएका महेशलाई बलिउड फिल्मका फ्यानले ट्रोल गरिरहेका छन् । उनले, केही समय अगाडि एक पान मसलाको विज्ञापनमा काम गरेका थिए । अहिले, सोही विज्ञापनलाई लिएर उनको मजाक बनाइएको छ ।

उनको आलोचना गर्नेहरुले लेखेका छन्–‘पान मसलाले तिमीलाई थेग्न सक्छ । तर, बलिउडले सक्दैन । तिमी यसैको लायक छौं ।’ आफूलाई साउथ फिल्मबाट जुन खालको माया र सम्मान मिलेको छ, त्यो अन्यत्र नमिल्ने तर्क उनको थियो ।

उनलाई आलोचकहरुले बलिउडमा होइन, पान मसलाको विज्ञापनमै सुहाउने भन्दै आलोचना गरिरहेका छन् ।