‘केजीएफ–२’ विश्वभर १२०० करोड कमाउने फिल्म

कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’ ले बक्स अफिसमा हरेक दिन ठूलो कमाई गरेको छ ।

‘केजीएफ च्याप्टर २’ विश्वभर १४ अप्रिल २०२२ मा रिलिज भएको थियो । रिलिज भएको पाँच हप्ता भइसकेको छ । तर पनि यो फिल्म रेकर्डमा बनिरहेको छ । फिल्मले अहिले विश्वभर १२०० करोडको आँकडा पार गरेको छ । योसँगै केजीएफ २ ले एसएस राजामौलीको फिल्म आरआरआरलाई पछाडि छोडेको छ ।

ट्रेड एनालिस्ट मनोबाला विजयबालाले ट्वीट गर्दै यो जानकारी दिएका हुन् । उनले केजीएफ च्याप्टर २ को पहिलो हप्तादेखि पाँचौं हप्तासम्मको कमाइको विवरण दिइएका छन्।

हाल केजीएफ २ को विश्वव्यापी कलेक्सन १२००.७६ करोड छ रहेको छ । योसँगै यसको हिन्दी संस्करणले भारतीय बक्स अफिसमा ४२७.०५ करोड रुपैयाँ कमाएको छ। यसले रिलिजको पहिलो दिन भारतमा १३४ करोड रुपैयाँ कमाएको थियो । विश्वभर पहिलो हप्तामा ७२०.३१ करोड रुपैयाँ कमाएको छ ।

केजीएफ च्याप्टर २ मा बलिउड अभिनेता सञ्जय दत्त र अभिनेत्री रविना टण्डन अभिनेता यशसँगै मुख्य भूमिकामा छन्। फिल्ममा यी सबै कलाकारको अभिनयलाई दर्शकले राम्रोसँग रुचाएका छन् ।

गत साता फिल्मका निर्माता विजय किरागन्दुरले केजीएफ च्याप्टर ३ पनि आउने पक्का गरेका थिए । यसको सुटिङ अक्टोबर २०२२ मा सुरु हुनेछ र केजीएफ ३ २०२४ मा रिलिज हुनेछ।