किन गरिन् पूजाले देउवाको समर्थन ?

नायिका पूजा शर्माले राजनीतिक बिषयमा सामाजिक संजालमा कमै मात्र टिप्पणी गर्छिन् । अहिलेसम्म पूजा कुन पार्टीप्रति आस्था राख्छिन् भनेर खासै खुलेको पनि छैन । उनी, कुनै पार्टीमा प्रवेश गरेकी पनि छैनन् । तर, पूजाले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको बिषयमा लेखेको एउटा स्टाटसले भने सबैको ध्यान तानेको छ ।

लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बस्दा देउवाको गतिविधीले देशको नै इज्जतमा धक्का लागेको भन्दै सामाजिक संजाल र मिडियामा ट्रोल भैरहेको छ । देउवाको चर्को आलोचना भएपछि नेपाली कांग्रेसका नेता र कार्यकर्ताले उनको बचाउ पनि गरिरहेका छन् ।

देउवाको वेचैनीको बिषयमा ट्रोल भैरहँदा पूजाले लेखेकी छिन्–‘देउवाज्यू बेचैनीमा रहेको भिडियोहरु भाइरल भए । सबैले मजाक उडाए । तर, त्यस वेचैनीको पछाडि यति ठूलो तनाव लुकेको कसैले देखेन । विचार देउवाले प्रधानमन्त्री भएर आफ्नो जिम्मेवारी पुरा गर्न लुम्बिनी पुगे । सामान्य नागरिक भएको भए अस्पतालमा भाइलाई कुरेर बस्ने थिए । उता भाई मृत्युसँग लडिरहेको बेला यता दाई कसरी रमाइलो गरेर आनन्दसँग बस्न सक्थे । यस्तो अवस्थामा विरोधीको नजरले होइन, असल मानवको नजरले हेर्नुहोस् । सम्माननिय प्रधानमन्त्रीका भाईप्रति भावपूर्ण श्रद्धाञ्जली । ।’

पूजाले देउवाको बचाउ गर्नुका कारण के होला ? विशेषगरि, पूजा जब युद्ध बाँनियाको प्रेममा परिन्, त्यसपछि उनी नेपाली कांग्रेसतर्फ ढल्किएकी हुन् । युद्धका काका इन्द्र बाँनिया नेपाली कांग्रेसका प्रभावशाली नेता हुन् । यसैले, युद्धसँग जोडिएपछि पूजा नेपाली कांग्रेसको विचारधारातिर ढल्किएकी हुन् । पूजाले प्रधानमन्त्रीको समर्थन गर्नुको पछाडि पनि यही कारण लुकेको छ ।