मलिकालाई अफर नै नआएको कि फिल्म नगरेकी हुन् ?

पल शाह थुनामा रहँदाको सबैभन्दा ठूलो साइड इफेक्ट यदि कसैलाई परेको छ भने, त्यो नायिका मलिका महत्तलाई हो । मलिकाको करिअरमा हालसम्म पल बाहेक अन्य मोडलसँग खेलेका भिडियो हिट भएका छैनन् । यसैले, पनि मलिकाको करिअरमा पल शाह महत्वपूर्ण थिए ।

उनै, मलिकाले ‘यात्रा’ पछि काम गरेको दोश्रो फिल्म ‘पानी फोटो’ हो । यो फिल्म रिलिज भदौमा हुनेछ । त्यो अगाडि मलिकाको हातमा फिल्म छैन ।

मलिकाले फिल्ममा काम गर्न लागेको चर्चा नचलेको होइन । साइन गरिसकेको ‘सत्यम्’ उनले छाडेकी थिइन् । त्यसपछि उनले ‘नाई नभन्नु ल ६, पर्खि बसे’ लगायतका फिल्ममा काम गर्ने चर्चा थियो । तर, यी फिल्म पनि अब के हुन्छन् पक्का छैन ।

मलिका लकडाउनपछि सर्वाधिक रुचाएकी नायिका हुन् । उनलाई म्युजिक भिडियोबाट राम्रै अफर आएको थियो । तर, नेपाली फिल्मले आफ्नो लय समातीसक्दा पनि उनले नयाँ फिल्म साइन गरेको खबर छैन । मलिका आफैले नै काम नगरेकी हुन् कि उनलाई अफर नै नआएको हो ?

कि मलिकाले अफर आएका फिल्मलाई वेवास्ता गर्दा उनको हातमा शुन्य फिल्म देखिएको हो ।

फिल्म क्षेत्रमा प्रतिस्पर्धा छ । यहाँ, निर्माताले एउटै कलाकारका लागि बर्षौ पर्खदैनन् । मलिकाले पनि पाएको राम्रो अवसरलाई हातबाट फुत्किन नदिउन् । अरु त हामीले के नै भन्न सक्छौ र ?