सुटिङका क्रममा प्रियंका घाइते

अभिनेत्री प्रियंका चोपडा हलिउड वेब सिरिज ‘सिटाडेल’ को सुटिङका क्रममा सेटमा घाइते भएकी छिन् । प्रियंका आफैले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर आफ्ना फ्यानहरूलाई यो जानकारी दिएकी हुन् ।

यस पोस्टमा उनले वेब सिरिजको सेटबाट आफ्नो एउटा तस्विर शेयर गरेकी छन्, जसमा उनको अनुहारमा केही चोट लागेको देख्न सकिन्छ । उनको चोटबाट रगत पनि देखिन्छ ।

प्रियंका चोपडाले तस्बिर सेयर गर्दै लेखेकी छिन्, “तपाईंको काममा पनि कठिन दिन बित्यो ?’ तस्बिरमा अभिनेत्रीको नाक र ओठको वरिपरि रगत देखिएको छ । आँखा रातो र आँसुले भरिएको देखिन्छ। उनलाई देखेर दुर्घटना भएको जस्तो लाग्छ, तर त्यो शृङ्खलाको एक एक्सन दृश्यको सुटिङ गरिरहँदा दृश्य हो ।

प्रियंका चोपडा यस वर्षको सुरुदेखि नै लन्डनमा वेब सिरिज ‘सिटाडेल’ को सुटिङ गरिरहेकी छिन् । उनी धेरै महिनादेखि लण्डनमा छन् । प्रियंका चोपडा सिटाडेल सिरिजमा जासूसको भूमिकामा देखिने भएकी छिन् । प्रियंका बाहेक, यस श्रृंखलामा रिचर्ड म्याडेन र पेड्रो लेआन्ड्रो पनि मुख्य भूमिकामा छन्। ’सिटाडेल’ ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुनेछ। प्रियंकाले यसअघि पनि ‘सिटाडेल’ को सेटबाट आफ्ना र टिमका धेरै तस्बिर सेयर गरिसकेकी छिन् ।