सगरमाथा चढेर फर्किएका राजु लामाको भव्य स्वागत

विश्वकै अग्लो हिमाल सगरमाथा चढेर फर्किएका गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई फूलमाला, अबिर लगाएर भव्य स्वागत गरिएको हो ।

गायक लामाले सगरमाथाको टुप्पोमा पुग्दा आफ्नो आँखाबाट आँशु आएको बताए । उनले भने–‘यसपटक मैले जलबायू परिवर्तनको विषयमा सन्देश दिन म चढेको हुँ । कार्वन उत्र्सजन घटाउने सन्देश मेरो हो । यसपटक मैले ७ हजार ९ सय मिटरमा कन्सर्ट पनि गरेँ ।’

उनले, यूवाहरुलाई सजग गराउनका लागि पनि सगरमाथा चढेको बताए । जलबायू परिवर्तनको बिषयमा यूवाहरु सजग हुन आवश्यक रहेको भन्दै राजुले टुप्पोमा पुग्न सकेको भन्दै खुशी व्यक्त गरे ।

राजुले सगरमाथाको टुप्पोमा पुग्दा आँखाबाट आँशु आएको समेत बताए । विश्वकै अग्लो स्थानमा पुग्ने सपना धेरैको हुने तर कम मात्र मानिसहरु पुग्न सक्ने उनको भनाई छ । उनले विश्वकै अग्लो स्थानमा चढ्ने काम सजिलो नभएपनि आफूलाई च्यालेञ्जन मनपर्ने बताए ।

राजुले आफ्नो मनमा टुप्पोमा पुग्न सक्छु कि सक्दिनँ भन्ने डर रहेपनि भगवान्को कृपाले चढ्न सकेको बताए ।