अर्को सातासम्मलाई स्थगित पल शाहको सुनुवाइ

जबर्जस्ती करणी आरोपमा पक्राउ परेका पूर्णविक्रम शाह ‘पल’ को बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

शाह र उनका सहयोगी भनिएका कृष्ण जोशीको मुद्दा उच्च अदालत पोखरामा बिहीबार सुनुवाइ गर्ने कार्यतालिका थियो ।

उच्च अदालत पोखराका रजिस्टार श्रीलाल पौडेलका अनुसार अब पेशी अर्को बिहीबारका लागि तोकिएको छ । उनले भने, ‘आज सुनुवाइ स्थगित भएको छ । उहाँ (पल शाह)कै वकिलहरुले सुनुवाइ हटाउनुभयो,’  ‘अब अर्को पेशी अर्को बिहीबार हुन्छ ।’ उक्त मुद्दा न्यायधीशद्वय डिल्लीराम आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलाशमा थियो ।

नाबालिग बलात्कार आरोपमा शाह तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि कारागार चलान भएका थिए । उक्त आदेशविरुद्ध पल उच्च अदालत पोखरामा निवेदन दिएका थिए । यता, धरौटीमा छोड्न दिइएको आदेशविरुद्ध पनि सरकारी वकिल उच्च अदालत पोखरामा निवेदन दिएका थिए । ती सबै निवदेन उपर उच्च अदालत पोखराले २२ बैशाखमा कृष्ण जोशीलाई छोड्ने आदेश माग गरेको थियो ।