पासो ट्रेलरः बक्सा भित्र थुनिएकी रीस्ता कसरी उम्किएलिन् ?

प्रदर्शनको समय भन्दा करिब ६ महिना अगाडि नै फिल्म ‘पासो’को ट्रेलर यसको निर्माणपक्षले सार्वजनिक गरेको छ । बीआर इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा तयार यो फिल्म कार्तिकको २५ गतेबाट रिलिज हुने छ । यो फिल्मको दोश्रो ट्रेलर पनि सार्वजनिक हुने निर्माणपक्षले बताएको छ ।

फिल्ममा रीस्ता बस्नेत, सुनिषा बजगाँई, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रनव आकाशको मुख्य भूमिका छ । फिल्मको ट्रेलरमा काठको बक्सा भित्र थुनिएकी यूवतीको कथा भनिएको छ ।

सुर्य दयालुको संगीत रहेको फिल्ममा कथा, पटकथा, संवाद तथा निर्देशन आर.बी पुनको छ । फिल्ममा भगवान भूजेलको लगानी छ । उत्तम हुमागाँइको छायांकन रहेको चलचित्रमा भूपेन्द्र अधिकारीको सम्पादन, सुरेज बस्येलको कोरियोग्राफी छ ।

फिल्ममा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सह–निर्माताको रुपमा छन् ।

फिल्मको कार्यकारी निर्मातामा राजकुमार राउत छन् । यो फिल्मले यूवती बलात्कार, हत्या र बदलाको कथा भनेको छ । यो फिल्मलाई काठमाडौं बाहिर एफडी कम्पनी र काठमाडौंमा जीजीए ग्रुपले वितरण गर्नेछ ।