अनमोलको हातमा छैन फिल्म

नेपाली फिल्मका सबैभन्दा महंगो नायक अनमोल केसीको हातमा फिल्म छैन भन्ने सुन्दा जो कोहीलाई पनि पत्यार नलाग्न सक्छ । तर, फिल्म रोजाईमा अत्याधिक चुजी बन्दा अनमोलको हातमा तत्काल फिल्म नै छैन । वैशाख १ गते रिलिज भएको फिल्म ‘ए मेरो हजुर ४’पछि अनमोल केसी अब नयाँ फिल्मको छायांकनमा कहिले जान्छन्, पत्तो छैन ।

अझ, यो फिल्म त २ बर्ष अगाडि नै तयार हुनुपर्ने हो । यसअर्थमा अनमोलले करिब ३ बर्षयता ‘ए मेरो हजुर ४’ बाहेक अन्य फिल्ममा काम गर्ने निर्णय लिन सकेका छैनन् । केही महिना अगाडि उनले ‘हनी बनी’ नामक फिल्म साइन गरेपनि त्यो फिल्म छाडे । यसैले, पनि अनमोलको हातमा तत्काल फिल्म नभएको हो ।

उनलाई, फिल्म अफरको कमी छैन । तर, अनमोल सहजै फिल्म साइन गर्दैनन् । जसको प्रत्यक्ष असर, उनको फिल्मी करिअरमा पनि देखिएको छ । किनकी, अनमोलको फिल्म २ बर्षमा एउटा पनि रिलिज हुन समस्या पर्दा उनले ८ वटा फिल्म मात्र गरेका छन् ।