दशैंमा ‘प्रेमगीत ३ कि छक्का पन्जा ४’ ?

छायांकनमा नै नगएको फिल्म ‘छक्का पन्जा ४’को निर्माणपक्षले दशैंमा फिल्म रिलिज गर्ने घोषणा गरेको त धेरै पहिला नै हो । यो फिल्मलाई असारमा छायांकन सुरु गरेर दशैंमा रिलिज गर्ने तयारीका साथ निर्माता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला लागिपरेका छन् ।

तर, करिब साढे ३ महिना भित्र फिल्म छायांकन सकेर हलमा ल्याउन दीपक र दीपालाई सहज भने छैन ।

दशैंमा ‘प्रेमगीत ३’ रिलिज गर्ने सोचका साथ निर्माता सन्तोष सेन पनि अग्रसर छन् । तर, दीपकराज गिरीको फिल्म आएको खण्डमा उनलाई पनि सहज छैन । यसैले, ‘छक्का पन्जा ४’ यो मितिमा रिलिज हुन्छ या हुँदैन भन्ने पर्खाइमा सन्तोष रहेको वुझिएको छ । यो फिल्मको निर्माणपक्षले केही दिनमा नै प्रचार सुरु गर्दैछ ।

साढे २ बर्षदेखि थन्किएको यो फिल्मलाई अब रिलिज गर्नुपर्छ भन्ने सोचमा निर्देशक तथा निर्माता सेन रहेको वुझिन्छ । तर, दीपकराज गिरीको फिल्मसँग सन्तोष जुध्न तयार छैनन् । यसैले, यो फिल्मको टिमले पनि राम्रो प्रदर्शन मिति हेरिरहेको छ । दशैंमा ‘परदेशी २’ नामक फिल्म रिलिज हुने पक्का छ ।

प्रदिप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको ‘प्रेमगीत ३’ दर्शकमाझ प्रतिक्षामा छ ।