बक्स अफिसमा चम्कियो कार्तिकको स्टारडम ?

बलिउड फिल्म उद्योग नै संकटमा परेको टिप्पणी भैरहेको समयमा नायक कार्तिक आर्यनको स्टारडम बक्स अफिसमा चम्किएको छ । शुक्रबारदेखि रिलिज भएको कार्तिक अभिनित फिल्म ‘भूलभूलैयाँ २’ले बक्स अफिसमा बम्पर ओपनिङ गरेको छ ।

यसले, कार्तिकलाई बलिउडमा स्टार नायकको रुपमा उदाउन मद्दत मिलेको छ । शुक्रबार यो फिल्मले १४.११ करोडको सुखद ओपनिङ गरेको थियो । शनिबार फिल्मले १८.३४ करोडको व्यापार गरेको छ । २ दिनमा फिल्मले ३२.४५ करोडको कमाई गर्यो ।

यो फिल्मले विकेन्डमा ५५ करोडको व्यापार गर्ने आँकलन गरिएको छ । बलिउड स्टार नायकहरु शाहिद कपुर, अमिताभ बच्चन, अजय देवगण लगायतका कलाकारहरुको फिल्मले बक्स अफिसमा हावा खाइरहेको समयमा कार्तिकको फिल्मले भने सफलता पाएको छ ।

यो फिल्मको कमेडी, सस्पेन्स र हररलाई दर्शकले रुचाएका छन् । फिल्मले सय करोड भन्दा माथिको व्यापार गर्ने पक्का छ ।