मनोविज्ञानमा सुहानाको ग्रयाजुएसन

नायिका सुहाना थापाले अमेरिकाको मेसन यूनिभर्सिटीबाट ग्रयाजुएसन पुरा गरेकी छिन् । यूनिभर्सिटीमा आयोजित भव्य समारोहमा उनी दिक्षित भएकी छिन् । सुहाना केही बर्षदेखि अमेरिकामा रहेर अध्ययन गर्दै आइरहेकी छिन् । सुहानाको दिक्षान्त समारोहमा उनका पिता सुनिलकुमार थापा, आमा झरना थापा पनि उपस्थित थिए ।

झरनाले मिहिनेत र संघर्षको प्रतिफलको रुपमा छोरीको पढाइलाई लिएको बताएकी छिन् । ‘ए मेरो हजुर ३’बाट करिअर सुरु गरेकी सुहानाले यो बर्षको सुरुवातमै ‘ए मेरो हजुर ४’बाट सफलता प्राप्त गरेकी थिइन् । उनले अभिनय गर्न लागेको अर्को फिल्म ‘भागवत गीता’को टिजर छायांकन भैसकेको छ । यो फिल्मको साउनबाट छायांकन सुरु हुँदैछ ।

दिक्षान्त समारोहमा सहभागी भएकी सुहाना अब ‘ए मेरो हजुर ४’को अमेरिकाका विभिन्न राज्यमा हुने प्रिमियरमा सहभागी हुनेछिन् ।