‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक

फिल्म चिसाे मान्छेकाे ट्रेलर सार्वजनिक भएकाे छ ।

३ मिनेट १६ सेकेन्डको ट्रेलरमा अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता अपर्ण शर्मा, देशभक्त खनाल प्रमुख भूमिकामा देखिएका छन्।

कर्णालीको जीवनसंघर्ष, रहनसहन, श्रीमान् वैदेशिक रोजगारीमा गएपछि भोग्नु परेको पीडाकाे कथा र वैदेशिक रोजगारीमा पलायान भएका श्रीमान् काठको बाकसमा फर्किएसँगै गाउँ लैजाउने तय गर्नुपर्ने यात्रा र सोही यात्रा क्रममा घट्ने घटनाको सेरोफेरामा रहेकाे फिल्म चिसाे मान्छेकाे ट्रेलर सार्वजनिक भएकाे हाे ।

सार्वजनिक ट्रेलरमा मृत्यु भएको श्रीमानको शव दाहसंस्कार गर्न नपाउँदै भविश्यबारे सोच्ने महिलाको कथा देखाइएको छ । उमेरमै जीवन साथी गुमाएपछि त्यसले दिने चोट, परिवार, समाजको नैतिक बन्धन र मनको गुप्त चाहनालाई ट्रेलरले छर्लङ्ग पारेको देख्न सकिन्छ ।

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्ममा मुख्य कलाकार स्वस्तिमा खड्का कर्णाली ‘लुक्स’मा देखिएकी छन् ।

फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

पशुपति प्रसाद, आमापछि खनालद्वारा निर्देशित याे एक प्रतीक्षित फिल्म हो। फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन समेत रहेको छ ।

‘चिसो मान्छे’ आगामी असार १ गतेदेखि देशभरका सिनेमा हलमा रिलिज हुनेछ ।