कंगनाको विवादित बयान हिट, फिल्म सुपर फ्लप

नायिका कंगना रनावत विवादित बयानका कारण सधै चर्चामा रहन्छिन् । कुनै समय आफ्नो अभिनयका कारण चर्चामा रहेकी कंगना फिल्ममा भने चम्कन सकेकी छैनन् । उनी अभिनित पछिल्लो फिल्म ‘धाकड’ समेत बक्स अफिसमा सुपर फ्लप भएपछि उनको करिअरमा हिट फिल्मको खोजी हुन थालेको छ ।

उनी अभिनित यो फिल्मले ३ दिनमा जम्मा ३.२२ करोडको व्यापार गरेको छ । यो फिल्मलाई सय करोडको बजेटमा तयार पारिएको थियो । जुन फिल्मका लागि कंगनाले २० करोड पारिश्रमिक लिएकी थिइन् । तर, फिल्म बक्स अफिसमा नराम्रोसँग पछारिएको छ ।

सन् २०१५ मा रिलिज भएको ‘तनु वेड्स मनु रिटन्र्स’पछि कंगनाको सबै फिल्म असफल छन् । यसपछि रिलिज भएका फिल्ममा ‘मणिकर्णिका’ले मात्र मुश्किलले आफ्नो लगानी उठाउन सकेको थियो ।

सन् २०१५ मा रिलिज भएको ‘आई लभ न्युयोर्क’ असफल भयो । यसपछि, ‘कट्टी बट्टी, रंगुन, सिमरन, जजमेन्टल हे क्या, थलाइवी, पंगा’ लगायतका फिल्म बक्स अफिसमा नराम्रोसँग पछारिए । यसरीहेर्दा, कंगनालाई आफ्नो विवादित बयान नै भारी परिरहेको वुझ्न सकिन्छ ।