ड्रेसको लागि एक साता मिहिनेत, तर २ घन्टा ढिला आइन् बेनिशा

नायिका बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमगञ्ज’को ‘तरबार’ बोलको गीत आज रिलिज गरियो । यो गीतमा नायिका बेनिशा हमालको लोभलाग्दो आइटम नृत्य छ । गीतको भिडियोका लागि बेनिशाले २ साता वर्कशप समेत गरेकी थिइन् । तर, बेनिशाले आफै यो कार्यक्रममा ढिलो आउँदा गीत हेर्न पाइनन् ।

बेनिशा आउँछिन्, आउँछिन् भन्दै कार्यक्रम संचालकले थुप्रै पटक भनेपनि बेनिशा कार्यक्रमको समय भन्दा २ घन्टा ढिलो आइन् ।

कार्यक्रममा ढिलो आएकी बेनिशाले भनिन्–‘फिल्मको टिम र म विचको गलत सम्पर्कका कारण ढिला हुन पुग्यो । आयोजकले मलार्ई २ बजेको समय भनेको थियो । तर पछि कार्यक्रम परिवर्तन भएको बिषयमा कुरा हुनै विर्सिएका कारण ढिला भएको हो ।’

बेनिशाले यो फिल्मको कार्यक्रमका लागि आफूले निक्कै मिहिनेत गरेको र उत्साहित पनि रहेको सुनाइन् । तर, आफू नै ढिलो आउँदा मज्जा नभएको उनको तर्क छ ।

नायिका हमालले आफूलाई आइटम गीतमा काम गर्न मन लाग्ने प्रतिक्रिया दिइन् । तर, आइटम गीतमा अफर आयो भन्दैमा सबैमा काम नगर्ने उनको भनाई छ ।

यो कार्यक्रममा सहभागी हुनकै लागि आफूले एक सातादेखि पहिरन चुज गरेको समेत वेनिशाको तर्क थियो । तर, २ बजेको कार्यक्रम भनेर घरमै सुतेर बस्दा बेनिशा २ घन्टा ढिला आइपुगिन् ।