सौगात र सलोनको ‘घनचक्कर’को ट्रेलर सार्वजनिक

फिल्म ‘घनचक्कर’को ट्रेलर सार्वजनिक गरिएको छ ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच  सौगात मल्ल, सलोन बस्नेत र जेबी डिसीको मुख्य भुमिका रहेको फिल्मको ट्रेलर रिलिज गरिएको हो ।

जितेन्द्र राजोपाध्यायको निर्देशन रहेको फिल्मको २ मिनेट २९ सेकेण्ड लामो ट्रेलरमा युवाहरुको पैसा र प्रेम मोहलाई प्रस्तुत गरिएको छ । कमेडी विधामा रहेको फिल्ममा युवापुस्ता सपना पछ्याउँदै हिँड्दा फस्ने ‘घनचक्कर’को कथालाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।

हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको फिल्मलाई भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण गरएको छ भने, करुना अर्याल र संगम भट्टको लगानी छ ।

फिल्ममा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सहनिर्माताको रुपमा रहेका छन् । फिल्ममा सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको पनि अभिनय रहेको छ ।

सुसन प्रजापति खिचेको फिल्ममा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ । फिल्मलाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।  फिल्म असार १० गते प्रदर्शनमा आउँदै छ।