रंगशालामा हुने भनिएको सलमानको दबंग टुर नहुने

जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको सलमान खानको ‘दबंग टुर रिलोडेड’ नहुने भएको छ।

ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा सलमानसँगै अन्य भारतीय कलाकारहरु सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मालगायतको टिम नेपाल आउन बताइएको थियो ।

आयोजकहरूले जेठ १४ मा दशरथ रंगशालामा हुने ‘दबंग टुर रिलोडेड’को तस्बिर राख्दै टुरको प्रचार गरिरहेका थिए।

यसकालागी सलमान नेपाल भ्रमणमा आउने भनेर संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले उनलाई नेपालको हिमाली सुन्दरताको मनोरञ्जन लिन माउन्टेन फ्लाइटका लागि निम्तो समेत दिइसकेका थिए ।

उक्त कार्यक्रममा प्रवेशका लागि दर्शकहरुले नर्मल ५ हजार, सिल्भर १० हजार, गोल्ड टिकट १५ हजार र प्लेटिनम टिकट २५ हजार रूपैयाँ तिर्नुपर्ने बेबस्ता आयोजकले गरेको थिए ।

तर अहिले आएर यो टुर किन नहुने भएको भन्ने बारेमा आयोजकले केही बेरमा विज्ञप्ति मार्फत जानकारी गराउने भएको छ ।