सौगातलाई प्रश्न–‘तपाइको कबड्डी र लुट’को सिरिजबाहेक अरु फिल्म किन चल्दैन ?’

वैशाखको १६ गतेबाट रिलिज भएको नायक सौगात मल्ल अभिनित फिल्म ‘मन्त्र’ले बक्स अफिसमा पानी पनि भन्न पाएन । फिल्म बक्स अफिसमा एक सातामा ३ दिन बिदा हुँदा पनि चिप्लियो । सौगातको स्टारडमले केही काम नै गरेन । तर, उनै सौगात अभिनित नयाँ फिल्म ‘कबड्डी ४’ले बक्स अफिसमा सुनामी ल्याउने देखिएको छ । मल्टिप्लेक्समा पाएको उच्च शोमा दर्शकको उपस्थिती शुक्रबार आक्रामक हुने देखिदैछ ।

एक महिना अगाडि सौगातको फिल्म चलेन, तर एक महिनापछि नै सौगातको फिल्म हेर्न दर्शकको भीड देखिदैछ । आखिर, के सौगात ‘कबड्डी र लुट’को सिरिजबाहेक अरु फिल्ममा नचल्ने नै हुन् त ?

यो बिषयमा मेरो फिल्ममको प्रश्नमा सौगातले भने–‘पक्कै पनि यो कुरा म स्विकार गर्छु । तर, यसमा म मिलाएर जवाफ दिन जान्दिनँ । मलाई त काम गर्न प्यारो लाग्छ । मेरो काम गर्ने काम हो । अरु मलाई आउँदैन ।’

सौगातले आफूले हरेक फिल्ममा राम्रो काम गर्ने मात्र जवाफ दिएका छन् । तर, उनले दुई हिट फिल्मको सिरिजबाहेक अन्यमा नचलेको स्विकार भने गरेका छन् ।