अनुपको ‘दोख’ असार २४ मा रिलिज हुने

अनुप बरालको निर्देशनमा तयार भएको फिल्म ‘दोख’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म असारको २४ गतेबाट रिलिज हुँदैछ । यो फिल्मले सामुदायिक बनको मुद्दालाई लिएर २ गाउँविच हुने किचलोलाई फिल्मले प्रस्तुत गरेको छ । तर, फिल्मको कथामा माओवादी युद्धकै कालखण्डलाई प्रस्तुत गरिएको छ ।

फिल्मका निर्माता मनोज अधिकारीले चाडै नै यसको टिजर सार्वजनिक गर्ने बताए । शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको यो फिल्मलाई राजन कटैतले लेखेका हुन् । फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणी सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा सविन ज्ञवाली र मनोज अधिकारी निर्माता छन् भने भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले सह–निर्माताको रुपमा छन् ।