पलको प्रश्न सोध्दा गरिमालाई ‘इगो’ लागेछ

हुनत, आफूलाई कुनै बिषयको जवाफ दिन आएन वा पत्रकारले सोधेका प्रश्न चित्त वुझेन भने कलाकारहरु मिडिया, मिडियाकर्मीलाई दोष दिन्छन् । अझ, आफैले बोलेका कुराहरुलाई मिडियाले बङ्ग्याएर लेखिदियो भन्न पनि पछि पर्दैनन् ।

अब, मोडलबाट कलाकार बन्ने बाटोमा लागेकी गरिमा शर्माकै कुरा गरौ न । उनले, केही समय अगाडि टिकटकमा रुदै मोडल तथा नायक पल शाहका फ्यानले अत्याधिक गाली गरेको भन्दै दर्शकले नचाहेकाले पलसँग भिडियो नखेल्ने भनेकी थिइन् । पलकै कारण म्युजिक भिडियो नगरीमा २ बर्ष चलेकी गरिमालाई अहिले पल शाहसँग भिडियो खेल्न गाह्रो पर्न थालेछ ।

उनै, गरिमालाई बिहिबार आयोजना भएको पत्रकार सम्मेलनमा मेरो फिल्मीले प्रश्न सोध्यो, ‘पल शाहसँग म्युजिक भिडियो खेल्दिन भन्नु भएको थियो । त्यो सोच बदलियो कि यथावत् नै छ ?’

यो प्रश्नमा गरिमाले अचम्मको जवाफ दिइन् । उनले, उल्टै पत्रकारलाई नै इगोमा प्रश्न सोधेको आरोप लगाइन् । साथै, पलसँग भिडियो नखेल्ने आफ्नो योजना यथावत् नै रहेको बताइन् । दर्शकको खुशीका कारण आफूले पलसँग भिडियो नखेल्ने उनको भनाई छ ।

गरिमाले पत्रकारलाई प्रश्न सोध्दा इगोमा सोधेको भनेर जवाफ त दिइन् । तर, गरिमासँग पत्रकारको इगो चै किन होला ? गरिमाजी, आफ्नो काम राम्रोसँग गर्नुहोस्, पत्रकारले इगो लिए कि भनेर नबस्नुहोस् । आखिर, कुनै प्रश्न सोध्ने वित्तिकै इगोमा सोधेको हो कि भनेर लाग्नु भन्दा प्रश्नको जवाफ चै कसरी दिने होला भनेर अध्ययन गर्नुभयो भने राम्रो होला ।

होइन भने, सबैले इगो लिए कि भनेर सोच्दा सोच्दै तपाइको करिअर नै दिगो नहोला नी ।