पहिलो सातामा ‘भूल भूलैयाँ २’ले कमायो ९२ करोड

फिल्म ‘भूलभूलैयाँ २’ले बक्स अफिसलाई नै चलायमान बनाइदिएपछि यतिबेला बलिउडमा नायक कार्तिक आर्यनको यूग सुरु भएको चर्चा भैरहेको छ । साहिद कपुर, अजय देवगण, अमिताभ बच्चन, रणवीर सिंह जस्ता कलाकारको फिल्मले बक्स अफिसमा गतिलो व्यापार गर्न नसक्दा कार्तिकको कमेडी हरर फिल्मले भने बक्स अफिसमा चमत्कारिक व्यापार गरिरहेको छ ।

कार्तिक आर्यन र कियारा आडवाणीको मुख्य भूमिका रहेको यो फिल्मले एक सातामा ९२ करोडको कमाई गरेको छ । शुक्रबार १४.११ करोड कमाएको फिल्मले शनिबार १८.३४, आइतबार २३.५१, सोमबार १०.७५, मंगलबार ९.५६, बुधबार ८.५१ र बिहिबार ७.२७ करोडको कमाई गरेको छ । फिल्मले भोली शनिबारसम्म भारतीय बक्स अफिसमा सय करोड कमाउने पक्का छ ।

साउथ फिल्मका कारण बलिउडका फिल्मलाई समस्या परेको टिप्पणी भैरहँदा कार्तिकको फिल्मले भने बलिउडलाई नै चलायमान बनाइदिएको छ ।