फिल्म खिच्दा खिच्दै सिनेमाटोग्राफले किन छाडे ‘हनी बनी’ ?

निर्देशक दिवाकर भट्टराईले निर्देशन गरिरहेको फिल्म हो हनी बनी जस्को छायांकन यतिबेला लण्डनमा भईरहेको छ ।

फिल्म छायांकनमा जानु अघि ठुलो धूम धडाका गरियो यति सम्म कि फिल्ममा अहिलेका महगाँ नायक अनमोल केसीले अभिनय गर्ने भए भनेर भन्दा चर्चाको सिमा नै रहेन अनमोल को अभिनयसँगै ठूलो बजेटको फिल्म पनि भनियो । तर केही महिना अगाडि ‘हनी बनी’ साइन गरेपनि फिल्म छाडे । किन छाडे यो कुरा अनमोल बाहेक अरुलाई थाहा न होला ।

अहिले यो फिल्ममा नायिका जसिता गुरुङ मुख्य भूमिकामा छिन् । जसितालाई साइन गरेको केही दिनमा नै निर्देशक भट्टराइले फिल्मको छायांकन सुरु गरे । तर, यो फिल्मका लागि नायिका सारा सिर्पालीले २ महिना वर्कशप गरेकी थिइन् । फिल्मको वर्कशप नायक अनमोल केसीले पनि गरेका थिए ।

साराले २ महिना वर्कशप गरेर बेलायतको भिसा नपाएर फिल्म छाड्नुपरेपछि निर्देशक भट्टराई तनावमा थिए । यसैले, उनले जसितालाई मनाए र फिल्मको छायांकन सुरु गरे ।

अब फेरी यो फिल्मको सिनेमाटोग्राफर (छायाकार)ले फिल्मको छायाकंन हुदा हुदै छाडेर नेपाल आइपुगेका छन् । अब यो कुरा पनि उनैलाई थाहा होला किन छाडे भनेर नत्र सहज वातावरणमा मिलाएर काम गर्न सक्ने प्रधानले त्यसै त फिल्मको छायाकंन छाडेर आएका त पक्कै पनि हैनन् होला ? हुन त प्रधानले छायाकंन छोडे पनि फिल्मको छायाकंन रोकिएको भने छैन । तर नेपालमा जल्दो बल्दो छायाकारले यसरी बिचैमा छाडेर आउनाले फिल्मको राम्रो काम नभएको र राम्रो वातवरण नरहेको बुझिन्छ ।

यस्तैमा अहिले छायाकंनमा बेस्त रहेकी अभिनेत्री जसितालाई पनि यो सबै कुरा हुदाँ किन फिल्म साइर्न गरेछु भन्ने पछुतो भएको फिल्म नगरमा सुनिएको छ ।