शाहरुख खानका छोरा आर्यनलाई क्रुज ड्रग्स मुद्दामा क्लीन चिट, एनसीबीको आरोपपत्रमा आर्यनको नाम छैन

बलिउडका अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई मुम्बईको चर्चित क्रुज ड्रग्स केसमा ठूलो राहत मिलेको छ ।

शुक्रबार एनडीपीएस अदालतमा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले दायर गरेको उक्त आरोपपत्रमा आर्यनले अदालतबाट क्लिन चिट पाएका छन् ।

एनसीबीले आर्यन खानविरुद्ध एनडीपीएस अदालतमा मुद्दा दायर गरेको थियो । दायर गरिएको आरोपपत्रमा आर्यनको नाम समावेश थिएन। लागूऔषध मुद्दामा आर्यनविरुद्ध कुनै प्रमाण फेला परेको छैन ।

मुनमुन धमेचा र अरबाज मर्चेन्टले चार्ट सिटमा क्लिन चिट पाएका छैनन् । दुवैलाई लागुऔषध मुद्दामा अभियुक्त भनिएको छ । ६ जनाविरुद्ध कुनै प्रमाण फेला परेन । जसका विरुद्ध प्रमाण फेला परेनन्, त्यसमा आर्यन खान बाहेक साहु, आनन्द, सुनिल सेह, अरोरा पर्छन् । जस अनुसार उनलाई क्लिन चिट दिइएको हो । बाँकी १४ जनाविरुद्ध क्रुज लागुऔषध मुद्दा दर्ता गरिएको छ । उनीहरुले क्लिन चिट पाएका छैनन् ।

अक्टोबर २ मा एनसीबीले क्रुजमा छापा मारेको थियो । जसमा आर्यन खानसहित १९ जना पक्राउ परेका थिए । घटनास्थलबाट ६ जना पक्राउ परेका छन् । त्यसपछि सबै अभियुक्त विभिन्न समयमा धरौटीमा छुटेका थिए । आरोपितमध्ये एक जना हाल जेलमा छन् । यस मामिलामा आर्यन खान तीन साताभन्दा बढी जेल बस्नुपरेको थियो ।