‘म हराएँ मनमानै’ भन्दै आए गायक रामकृष्ण, गरिमा र दिपेश प्रेममा

Mero Film

गायक रामकृष्ण ढकालको आवाजमा रहेको ‘म हराएँ मनमनैमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । ढकालको स्वरमा रहेको नयाँ रोमान्टिक थिमको गीत बिहीवार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

मुस्ताङका विभिन्न पर्यटकीय क्षेत्रमा छायांकन गरिएको गीतगीतको भिडियोमा मोडल गरिमा शर्मा र दिपेश ढकाल फिर्चड छन् । सार्वजनिक गीतमा सन्तोष भट्टराईको शब्द रचना र हरी लम्सालको संगीत रहेको छ । भने यस गीतको एरेञ्ज सुरज श्रेष्ठले गरेका हुन् ।

भिडियोमा शर्मासँग स्क्रिन शेयर गर्न पाउँदा मोडल ढकालले खुशी व्यक्त गरे । दिपेशले अभिनय गरेको यो पहिलो म्यूजिक भिडियो रहेको छ ।

कार्यक्रममा गरिमा शर्माले भने ‘आफ्नो बाल्यकालदेखिको मनपर्ने गायकको गीतमा अभिनय गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताएकी छिन् । गीतको अडियोले आफूलाई काम गर्न लोभ्याएको उनको भनाई छ ।

गायक ढकालले भने आफूले आफ्ना गीतहरु दोहोर्‍याएर कमै सुन्ने गरेको भए पनि ‘म हराएँ मनमनैमा’ गीत धेरै पटक सुनिसकेको बताए । गीतको शब्द र संगीतले मन छोएको बताउँदै उनले भिडियो पनि सुन्दर बनेको बताए । यस्तै उनले अघि थपे नयाँ-नयाँ प्रतिभावान् कलाकारहरु माझ आफ्नो गीतमा काम गर्नु आफैमा सुखद रहेको प्रतिक्रिया दिए ।

सार्वजनिक भिडियोका निर्देशक सुब्रत आचार्य हुन् । भिडियोमा साइब्रत आचार्यको स्टोरी बोर्ड, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन रहेको छ । गीतको क्रियटिभ हेड जया शर्मा हुन् । यो गीतसँगै निर्देशक आचार्यले मुस्ताङमा गायक ढकालको आवाजमा रहेको अन्य दुई गीत ‘काली’ र ‘सयौं कारण’को पनि छायांकन गरेका छन् । यी दुई चाँडै सार्वजनिक हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published.