थुनामा फिल्मको स्क्रिप्ट पढ्दैछन् पल शाह

नायक पल शाह प्रहरीको थुनामा रहेको ३ महिना भयो । ३ महिनादेखि प्रहरीको हिरासतमा रहेका पल शाहको बारेमा दैनिकजसो नयाँ नयाँ खबर सार्वजनिक भैरहेका हुन्छन् ।

साधारण धरौटीमा रिहाईको माग गर्दै पलका वकिलले पोखराको उच्च न्यायलयमा दिएको निवेदनको सुनुवाई पनि पछि सरिरहेको छ । आउँदो बिहिबार पलको बिषयमा सुनुवाई हुने अपेक्षा गरिएको छ ।

पल भने दमौलीमा रहेका कारागारमा छन् । थुनामा रहेका पल शाहलाई फिल्मको अफर पनि गैरहेको वुझिएको छ । वुझिएअनुसार, पललाई केही निर्माताले फिल्मका लागि अफर गरेका छन् । उनको दैनिकी पुस्तक पढ्ने र अफर गएको फिल्मको स्क्रिप्ट पढ्नमा नै व्यस्त देखिएको छ । पललाई फिल्म अफर गरेका एक निर्माताले भने–‘पलले अहिले हाम्रो फिल्मको स्क्रिप्ट पढिरहेका छन् । अदालतको फैसला उनको पक्षमा गएको खण्डमा उनी बाहिर आउने वित्तिकै फिल्मको छायांकन सुरु गर्छौ ।’

एक नाबालिका गायिकाले आफूलाई बलात्कार गरेको भन्दै पलविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर, उनै गायिकाले अदालतसमक्ष गरेको बकपत्रमा भने पलले बलात्कार नगरेको बताएकी छिन् ।