‘प्रेमगीत ३’ अभिनेता मनिष ‘शमशेर’ निर्देशन गर्दै

अभिनेता मनिष राउतले निर्देशनमा डेव्यु गर्ने भएका छन् । छायांकनको तयारीमा रहेको फिल्म ‘शमशेर’बाट निर्देशनसँगै मुख्य भुमिकामा अभिनय समेत गर्दैछन् ।

ओस्कार कलेजबाट फिल्म निर्माणमा ब्याचलर गरेका मनिष अहिले एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकको रुपमा काम गरिरकेका छन् । ‘शमशेर’को स्कृप्ट राम्रो भएकाले पनि आफुले निर्देशनमा डेव्यु गर्न लागेका अभिनेता राउतले बताए । आगामी दिनमा अभिनय र निर्देशनलाई समानन्तर रुपमा अगाडी बढाउने सोचमा राउत छन् ।

हाल फिल्मको अभिनेत्री छनोट कार्य भैरहेकोले छायांकन मिति तय भएका छैन् । यही फिल्मको कलाकारमा अभिनेता सुनित थापा पनि थपिएका छन् । एक्सन जनरामा निर्माण गरिने फिल्ममा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको लगानी रहनेछ ।

फिल्ममा प्रकाश शाह, गौरव पहारी, हिमेश पन्त, सुमन गौतम, दिपक कोइराला, सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको पनि अभिनय रहनेछ । अभिनेत्री छनोट भएसँगै वर्कसप गरेर फिल्म छायांकन सुरु गरिने अभिनेता राउतले बताए ।

फिल्मको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ । सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने फिल्ममा राकेश दाहाल पोस्टर डिजाइनरका रुपमा रहेका छन् । फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत भर्नेछन् ।