पूजाको मिहिनेत केका लागि ?

नायिका पूजा शर्मा विगत केही महिनादेखि मिडियाबाट टाढा छिन् । छिनछिनमै मिडियामा आउने यी नायिका विगत केही महिनादेखि भने मिडियाबाट टाढा मात्र छैनन्, विवादमा पनि आएकी छैनन् । होइन भने, उनलाई गसिप क्विन भन्दा फरक नपर्ला ।

तर, सामाजिक संजालमा पूजाले पोष्ट गरेको २ वटा भिडियोले उनी मिडियाबाट टाढा बस्नुको कारण खुलेको छ ।

पूजा धमाधम आफ्नो ज्यान मेन्टेन गर्न लागिपरेकी छिन् । पूजाले एब्स समेत निकालेको उनले पोष्ट गरेको भिडियोबाट देख्न सकिन्छ । साथै, पूजा विगत केही महिनादेखि डान्स पनि सिकिरहेकी छिन् ।

पूजाको यो मिहिनेत केका लागि हो खुलेको छैन । तर, ‘संझना विर्सना र सम्हालिन्छ कहिले मन’ रिलिजको तयारीमा रहेको अवस्थामा पूजाले नयाँ फिल्म साइन गरेकी छैनन् । संभवत, पूजाको यो मिहिनेत फिल्मी पर्दाकै लागि हो भनेर वुझ्न सकिन्छ ।