नेपाल घुमेर फर्किए मिस्टर एण्ड मिस सुपरनेसनल

‘मिस्टर सुपरनेसनल २०२१’ भरो भार्गोसले नेपालको पशुपतिनाथ मन्दिर निक्कै शान्त रहेको र त्यहाँ महसुस हुने भावना शब्दमा बर्णन गर्न नसकिने रहेको बताएका छन् । जीवन एक उपहार हो भन्ने कुरा पशुपतिनाथ मन्दिरमा आएपछि आफुलाई महसुस भएको उनको भनाई रहेको थियो ।

केही दिन अगाडि आयोजित सौन्दर्य प्रतियो ‘मिस्टर र मिस सुप्रानेसनल नेपाल २०२२’ मा निर्णायकको रुपमा सहभागी हुन नेपाल आएका भार्गाेसले पशुपतिनाथ भ्रमणपछि भने, ‘जीवनको सुरुवात हाम्रो नियन्त्रणमा हुँदैन। तर यसबीचमा उतारचढाव निरन्तर आफूलाई पुनर्जीवित गराउँने परिघटना हुन् ।’ उनले पशुपतिनाथ भ्रमण र नेपाल भ्रमणको अवसर दिएकोमा ‘मिस्टर र मिस सुप्रानेसनल नेपाल २०२२’ का आयोजक सुनर्वि इन्टरनेसनल र त्यसका निर्देशक डा. सन्तोष उपाध्याय प्रति आभार समेत ब्यक्त गरे ।

प्रतियोगीतामा भाग लिन भार्गोसका साथ एन्टोनियो पोर्सिल्ड (मिस सुपरनेसनल २०१९) र आन्द्रे स्ले (मिस सुप्रानेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर) समेत नेपाल आएका थिए ।

नेपाल भ्रमणको क्रममा उनीहरुले पशुपतिनाथ, स्वयम्भु, बौद्ध, पोखरा, घलेगाउ लगायत भ्रमण गरेका छन् । बिभिन्न ठाउँ भ्रमणको क्रममा बिभिन्न अनुभति भएको बताएका उनीहरुले नेपाल निक्कै बलियो शान्तिको भुमि भएको आफुहरुले अनुभुती गरेको राखेका थिए । नेपालको सुन्दरताको समेत प्रसंसा गरेका उनीहरुले एन्जाईटीसँग जुधिरहेका मानिसका लागि नेपाल उपयुक्त गन्तव्य भएको समेत सुझाए ।

उनीहरुको नेपाल भ्रमण नेपाल पर्यटन बोडको फ्यान ट्रिम अन्तर्गत टर्किस एयलाइन्स र नेपाल एयलाइन्सको सहयोेगमा भएको थियो । उनीहरु मंगलबार स्वदेश फर्किएका थिए ।