‘पानी फोटो’को टिजरमा छोरा खोज्दै हिडेका बाबु–आमाको कथा

खगेन्द्र लामिछानेको निर्देशनमा तयार भएको फिल्म ‘पानी फोटो’को टिजर सार्वजनिक भएको छ । साउनको १३ गतेबाट रिलिज हुन लागेको यो फिल्मको टिजरमा छोरा खोज्दै हिडेका बाबु–आमाको कथा भनिएको छ । बाबु–आमाको भूमिकामा अनुप बराल र मेनुका प्रधानले अभिनय गरेका छन् । साथमा फिल्ममा खगेन्द्र लामिछाने, मलिका महत्त लगायतका कलाकारको पनि अभिनय छ ।

टुकी आर्टस्को प्रस्तुति र मञ्जुश्री फिल्म प्रोडक्शनको सहकार्यमा तयार भएको यो फिल्ममा खगेन्द्रकै लेखन, रोजिना सिटौला र रविन्द्र बज्रचार्यको लगानी, दिपक बज्रचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

यो फिल्मलाई खगेन्द्रकै निर्देशनमा बनेको पानी फोटो नामक नाटकबाट निर्माण गरिएको हो ।