सुधिर श्रेष्ठ र सुपा खनालको ‘ठेकीमा मदानी’

मोडल सुधिर श्रेष्ठ र सुपा खनाल अभिनित म्युजिक भिडियो ‘ठेकीमा मदानी’ सार्वजनिक गरिएको छ । क्लासिक फ्रेम र गोविन्द अर्यालको प्रस्तुती रहेको म्युजिक भिडियो शुक्रबार युट्युबमा सार्वजनिक गरिएको हो ।

गोविन्द अर्यालको संगीत तथ सुजन पराजुलीको शब्द रचना रहेको गीतमा संगीतकार आचार्य र मेलिना मैनालीको स्वर छ । गीतको एरेञ्ज नारायण दगलले गरेका हुन् । भिडियोमा सुदीप आचार्य र सुज्मा थापाको पनि अभिनय रहेको छ । गीतको भिडियो सुधन धितालले निर्देशन गरेका हुन् । उनले यसअघि थुप्रै म्युजिक भिडियो र सिनेमाको निर्देशन गरिसकेका छन् ।

मोहन घिमिरे निर्माता रहेको म्युजिक भिडियोमा मेहफुज अन्सारीको छायांकन, सौखिन तिमिल्सेनाको कलर तथा पोस्टर डिजाइन सुरेश पाण्डेको कोरियोग्राफी र सुवास देवकोटाको सम्पाद रहेको छ ।