‘एैयो रैयो सैयो’ गीतमा टिकटक बनाउनेले २५ हजार जित्ने मौका

गायक धर्मेन्द्र सेवानको नयाँ गीत ‘एैयो रैयो सैयो’ बोलको गीतमा टिकटक बनाउनेले २५ हजार राशी जित्ने मौका पाउने भएका छन् ।

टिकटक प्रतियोगिता सुरु भएको गीतमा गायक धर्मेन्द्रले स्वयम स्वर रहेकोे छ भने, शब्द, संगीत धन माया परियारको रहेको छ । रमाईलो झ्याऊरे गीतको भिडियोमा धमेन्द्रलाई अभिनेत्री नम्रता सापकोट फिचर्ड छन्।

यो गीतमा आफ्नो टिकटक भिडियो बनाउने ऊत्कृष्ट मध्य एकले नगद रु २५ हजार जित्न सक्ने जानकारी दिएको छ । यो योजना असार २२ गते सम्म लागु हुनेछ । बिजेतालाई तामारिन्ड रेस्ट्रो एण्ड बार झम्सिखेलमा लन्च वा डिनर गराई पुरस्कार हस्तान्तरण गरिने भएको छ ।

दर्शकको मन जित्न सफल यो गीतको भिडियोमा सहयोगको नाममा दृष्टीविहिनको नाटक प्रेम अभियानमार्फत प्रस्तुत गरिएको छ । यस गीतको भिडियोमा जानुका थापा मगर, सुभम भुजेल, पबन बस्नेत काजी लगाएतको पनि अभिनय रहेको छ।

सुभम भुजेलको कोरियोग्राफी रहेको भिडियो रमाईलो खालको बनाइएको छ । सञ्जित श्रेष्ठको छायाँकन रहेको भिडियोलाई बिजेश पौडेलले निर्देशन तथा सम्पादन गरेका हुन् ।

सार्वजनिक भिडियोले युट्युबमा राम्रो भ्युज बटुलेको छ । भिडियोलाई स्रोता दर्शकले प्रतिक्रिया राम्रो दिएका छन् । भिडियो गायक ‘धर्मेन्द्र सेवान’कै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

@dharmendrasewanofficial यो गीतमा आफ्नो टिकटक भिडीयो बनाऊनुहोस् र ऊत्कृष्ट मध्य एकले जित्नुहुनेछ नगद रू. २५०००/- पुरस्कार♥️ यो योजना यहि असार २२ गते सम्मको लागी लागु हुनेछ । बिजेतालाई Tamarind Restro & Bar Jhamsikhel मा Launch Or Dinner गराई पुरस्कार हस्तान्तरण गरिनेछ । #fyp #foryou #foryoupage #nepal #nepalimuser #tiktoknepal #trending #nepalisong #AaiyoRaiyoSaiyo #dancing #nepalitiktok #music ♬ original sound – Dharmendra Sewan