पूजा–आकाश’को सम्बन्धः नाफा–घाटाको व्यापार

नायिका पूजा शर्माले शनिबार आयोजना भएको फिल्म ‘संझना विर्सना’को गीत रिलिज कार्यक्रममा नायक आकाश श्रेष्ठसँग नबोल्दा आफूहरुलाई नै घाटा लाग्ने कुरा गरिन् । दर्शक र मेकरले आकाश र आफ्नो जोडी नै खोज्ने भन्दै उनले एकसाथ काम नगर्दा दुबैलाई घाटा लाग्ने तर्क गरिन् ।

उनले, मिडियामा आएका खबरहरु आफूहरुलाई नसोधी आएको भन्दै सम्बन्धमा कुनै पनि चिसोपना नआएको तर्फ संकेत गरिन् । नायक आकाश श्रेष्ठले पनि आफू र पूजाविचको सम्बन्ध नविग्रिएको जवाफ फर्काए । बरु, उनले पूजा र आकाशको जोडीलाई दर्शकले मन पराएकाले अलग हुनै नसक्ने तर्क गरे । आफूहरु एक रथका दुई पांग्रा भएको उनको भनाई थियो ।

पूजा र आकाशले एक अर्काविना अपुरो हुने कुरा गरेपनि उनीहरुले भने जस्तो सम्बन्ध भने अहिले छैन । ‘संझना विर्सना र सम्हालिन्छ कहिले मन’पछि पूजा र आकाशले एकसाथ प्रोजेक्ट गर्ने संभावना कम छ । म्युजिक भिडियोमा पनि उनीहरुले एकसाथ काम गर्न छाडेको केही समय भैसकेको छ ।

तर, जे भएपनि यी दुइको सम्बन्ध नाफा र घाटाको व्यापार जस्तो नहोस्, हाम्रो शुभकामना ।