के ‘पशुपति प्रसाद २’का लागि विपिनले ५० प्रतिशत शेयर मागेका हुन् ?

निर्देशक दीपेन्द्र के खनाल फिल्म ‘पशुपति प्रसाद २’को तयारीमा छन् । यो फिल्मको केही हप्तापछि छायांकन गर्ने तयारीमा निर्देशक खनाल छन् । फिल्ममा खगेन्द्र लामिछाने मुख्य भूमिकामा रहनेछन् । उनले नै यो फिल्मको निर्माण गर्न लागेका हुन् ।

‘पशुपति प्रसाद २’मा नायक विपिन कार्की नहुने निश्चित भैसकेको छ । केही दिन अगाडि मेरो फिल्मले नै फिल्ममा विपिन ‘भष्मे डन’को रुपमा प्रस्तुत नहुने समाचार सार्वजनिक गरेको थियो ।

यो फिल्ममा विपिनले काम नगर्नुको कारण के होला ? यो बिषयमा निर्माणपक्ष र विपिन दुबैले मुख खोलेका छैनन् । तर, श्रोतका अनुसार फिल्मको नाफाको ५० प्रतिशत शेयर विपिनले मागेपछि निर्माणपक्ष विच्किएको हो ।

‘पशुपति प्रसाद’मा ‘भष्मे डन’लाई दर्शकले अत्याधिक मन पराएका थिए । यसैले, पनि बजारमा देखिएको चर्को मागलाई मध्यनजर गर्दै विपिनले यसको सिरिजका लागि फिल्मको नाफाको आधा प्रतिशत मागेपछि उनीसँग कुरा नमिलेको हो । तर, यो बिषयमा निर्माणपक्षको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन ।