फिल्म ‘‘दोख’ को नयाँ टिजर रिलिज

असार २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दोख’को नयाँ टिजर सार्वजनिक गरिएको छ । अनुप बरालको निर्देशनमा तयार भएको फिल्मको बुधबार नयाँ टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो । टिजरमा फिल्मका मुख्य कलाकार अभिनेत्री दीया मास्के, मनिष निरौला लगायतलाई प्रस्तुत गरिएको छ ।

माओवादी द्वन्द्ध कालको परिवेशमा निर्माण गरिएको फिल्मलाई राजन कठेतले लेखेका हुन् । फिल्ममा दीया, मनिषका अलावा लोकमणि सापकोटा, माओत्से गुरुङ, राज थापा काउछा, सुरज मल्ल, रोय दिभ, कमल देवकोटा, साजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ ।

सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चफिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । फिल्मको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई रहेका छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

फिल्मको गत शुक्रबारमात्रै अमृत गुरुङको स्वरमा रहेको ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । फिल्मको ट्रेलर पनि एक दुई दिनमा सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ ।

फरक कथामा निर्माण भएको फिल्मले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।