मेलिना राई र निशान भट्टराईको स्वरमा ‘ज्योतिषीले भनेको’ सार्वजनिक

चर्चित गायिका मेलिना राई र युवा गायक निशान भट्टराईको स्वर रहेको म्युजिक भिडियो ‘ज्योतिषीले भनेको’ सार्वजनिक भएको छ । लोक र आधुनिक संगीतको फ्युजन जोडिएको गीतमा संगीत कृति न्यौपानेले भरेका छन् । यो गीतका शब्द प्रमोद भट्टराईले लेखेका छन् ।

सार्वजनिक गीतमा मेलिना र निशानको मिठासपूर्ण स्वर सुन्न सकिन्छ । उक्त गीतमा एरेञ्जको काम पुरुषोत्तम सुवेदीले गरेका छन् । गीतकार भट्टराईले यो गीतबाट मनोरञ्जनसँगै प्रेम गर्नेहरुलाई भाग्यमा भन्दा पनि विश्वास र बुझाईमा भर पर्ने सन्देश प्रवाह गरिएको बताए ।

डान्सिङ नम्बरको गीतको सार्वजनिक भिडियोमा मोडल द्वय अनु पराजुली र लोमस शर्माले नृत्य गरेका छन् । फर्पिङ आसपासका विभिन्न स्थानमा भिडियोलाई छायांकन गरिएको छ । यो भिडियोलाई विनोद बमले निर्देशन गरेका छन् । सम्पादन तथा कलरको काम पनि निर्देशक विनोदले नै गरेका छन् ।