फिल्म ‘एनिमल’कालागि रणवीर कपूर पहिलो रोजाइ थिएनन्

Mero Film

बलिउड अभिनेता रणवीर कपुर हालसालै आफ्नो आगामी फिल्मका ‘एनिमल’का कारण चर्चामा छन् । हालै बैशाख १ गतेका दिन उनी आलिया भट्टसँग विवाह बन्धनमा बाँधिएका थिए । त्यसयता उनी आफ्नो काममा मात्रै केन्द्रित रहेका छन् ।

यद्यपि रणवीर सधैं दर्शकलाई मनपर्ने र फिल्मका लागि निर्माताहरूको मागमा रहने गर्दछन्। तर, हरेक पटक यस्तो हुन्छ भन्ने जरुरी छैन । सबैलाई थाहा छ, रणबीरको अहिले लाइनअपमा धेरै फिल्महरू छन्। यी मध्ये एक फिल्म हो ‘एनिमल’ रिलिज हुन अझै धेरै समय बाँकी रहे पनि फिल्मको चर्चा सुरु भइसकेको छ । फिल्मलाई लिएर उनका फ्यानमा निकै उत्साह देखिएको छ ।

फिल्म ‘एनिमल’का निर्माताले रणबीर कपुरभन्दा पहिले यो फिल्मका लागि तेलुगु सुपरस्टारसँग सम्पर्क गरेका थिए । केही रिपोर्टका अनुसार सन्दीप रेड्डी भांगाले रणबीर कपूर भन्दा पहिले महेश बाबुलाई यो फिल्मका लागि अप्रोच गरेका थिए ।

रिपोर्टका अनुसार सन्दीप रेड्डी महेश बाबुसँग काम गर्न सधैं उत्साहित रहेका छन्। महेश बाबुलाई फिल्मको स्क्रिप्ट पनि मन पर्यो । तर केही समस्याका कारण काम हुन नसकेपछि उनले यो फिल्मका लागि अस्वीकार गरे । यस्तो अवस्थाका कारण यो फिल्म रणवीर कपुरको झोलामा पर्यो ।

यो फिल्ममा रणवीर कपुर र कबीर सिंहका निर्माता सन्दीप पहिलो पटक सँगै काम गर्दैछन् । रिपोर्टहरूलाई विश्वास गर्ने हो भने, रणबीर सन्दीप रेड्डीको यस फिल्ममा डार्क क्यारेक्टरमा देखिनेछन्। यो फिल्म अर्को वर्ष अर्थात २०२३ मा रिलिज हुनेछ ।

यसै फिल्ममा ‘गोपी’अभिनेता विपिन कार्कीले पनि काम गर्दै छन् ।

रणवीरका अन्य फिल्मको कुरा गर्दा उनी चाँडै ‘शमशेरा’ र ‘ब्रह्मास्त्र’ जस्ता फिल्ममा देखिदैछन् । दुवै फिल्ममा उनको भूमिका निकै फरक देखिएको छ ।


Leave a Reply

Your email address will not be published.