प्रेमको बारेमा खुल्न थाले सलोन

Mero Film

नायक सलोन बस्नेत गत बिहिबार आयोजना भएको ‘घनचक्कर’ नामक फिल्मको प्रिमियरमा प्रेमिका करिश्मा थापाको साथमा पुगे । करिश्मा र सलोनले मिडियाको अगाडि पहिलो पटक एकसाथ उपस्थिती जनाएका थिए ।

प्रिमियरमा मिडियाको क्यामेरा परेपछि करिश्मा केही समय लजाएकी थिइन् । तर, पछि उनीहरु एकसाथ हलको सिटमा गएर बसे । मिडियाले एकहोरो खिचेपछि भने सलोनले केही अड लागेको बताएका थिए ।

करिश्मा र सलोन विगत केही समयदेखि प्रेम सम्बन्धमा छन् । सलोनले करिश्मासँग कहिलेकाही फिल्म हेर्न आउने गरेको पनि जानकारी दिए ।

हलमा पुग्दा मास्क लगाएर पुगेकी करिश्माले पछि भने मिडियाको अगाडि केही सहज महशुश गरेकी थिइन् ।


Leave a Reply

Your email address will not be published.