अर्जुन र मलाइकाको विवाह हुन नदिन भिलेन बन्दै यी पाँच अनुहार

बलिउड अभिनेता अर्जुन कपुर आज आफ्नो जन्मदिन मनाउँदैछन् । जन्मदिनलाई विशेष बनाउन उनी प्रेमिका मलाइका अरोडासँग फ्रान्सको पेरिसमा छन् । फ्यानहरू उनीहरूको विवाहको पर्खाइमा छन् ।

तर अर्जुन र मलाइकाका लागि विवाह गर्ने कुरा त्यति सजिलो छैन । यी दुवैको परिवारमा केही यस्ता मानिसहरू छन्, जो अर्जुन र मलाइकाको विवाह हुन नदिन भिलेन बन्दैछन् ।

सोनम कपुर

अनिल कपुरकी छोरी सोनम मलाइकालाई पटक्कै मन पराउँदिनन् । एक पार्टीमा उनीहरूको झगडा नै भएको छ । त्यसकारण पनि मलाइकालाई अर्जुनले विवाह नगरुन् भन्ने चाहना सोनमको छ । मलाइकाको विषयलाई लिएर उनले अर्जुनलाई चेतावनी नै दिइसकेकी छन् ।

सलमान खान

अभिनेता सलमान खान पनि अर्जुन र मलाइकाको विवाह नहोस् भन्ने चाहन्छन् । उनीहरूको सम्बन्धलाई तोड्नका लागि सलमानले विभिन्न कदम पनि उठाएका छन् । उनले अर्जुनको पितासँग यस विषयमा कुराकानी गरिसकेका छन् ।

बोनी कपुर

अर्जुनका पिता बोनी कपुर अर्जुन र मलाइकाको विवाहको विरुद्धमा छन् । उनी अर्जुनबाट मलाइका अलग्गिउन् भन्ने चाहन्छन् । बोनी बिना कारण सलमानको परिवार परिवारसँग दुश्मनी मोल्न चाहँदैनन् । त्यहीकारण उनी अर्जुनबाट मलाइका अलग्गिएको हेर्न चाहन्छन् ।

अरबाज खान

यो सूचीमा अरबाज खान पनि छन् । अरबाज आफू चाहिँ अरु कोहीसँग डेटमा छन्, तर उनकी पूर्वपत्नी मलाइका अर्जुनसँग डेटमा रहेको देख्दा क्रुद्ध छन् । उनी पनि पूर्वपत्नी मलाइका अर्जुनसँग विवाह नगरुन् भन्ने चाहन्छन् ।

अंशुला कपूर

अर्जुनकी बहिनी अंशुला कपूर पनि अर्जुनको विवाह मलाइका नहोस् भन्ने चाहिन्छन् । सुरुवाती समयमा अंशुला अर्जुन र मलाइकाको जोडीलाई मन पराउँदिन थिइन् । तर अहिले उनको सोचाइमा परिवर्तन आएको छ ।