साढे २ महिनामा आधा दर्जन फिल्म फ्लप, दर्शकको ध्यान सिरिजमा

Mero Film

नेपाली फिल्म रिलिजको लाइनअपलाई हेर्ने हो भने, साउनदेखि कार्तिकसम्म भरिभराउ छ । लकडाउनका कारण थन्किएका फिल्मदेखि नयाँ बनेका फिल्मले हल भरिने पक्का छ । तर, सिमित फिल्मलाई छाड्ने हो भने अधिकांश फिल्ममा दर्शकको मन गएको देखिदैन ।

यो बर्ष मात्र रिलिज भएका दर्जन फिल्ममा २ वटाले मात्र लगानी उठाए । अरु, फिल्मका निर्माता उठ्नै नसक्ने गरि थला परे ।

वैशाख १ मा रिलिज भएको फिल्म ‘ ए मेरो हजुर ४’ले ‘केजीएफ २’सँगको भिडन्तका कारण मुश्किलले लगानी उठायो । यदि, यो फिल्म सिरिज हुन्थेन भने निर्माताको लगानी बालुवामा जाने निश्चित थियो ।

जेठको १३ गतेबाट रिलिज भएको नेपाली फिल्म ‘कबड्डी ४’ बर्षको पहिलो ब्लकबस्टर फिल्म बन्यो । यो फिल्मले २२ करोड बढी ग्रस गरिसकेको छ र अझै पनि हलमा चलिरहेको छ । यी फिल्म भन्दा बाहेक अन्य फिल्ममा दर्शकको मन कत्ती पनि गएन ।

‘मन्त्र, षट्कोण, लक्का जवान, लाईफ इन एलए, चिसो मान्छे, घनचक्कर’ लगायतका फिल्मले दर्शकको ध्यान नै तान्न सकेनन् । ‘चिसो मान्छे’ समीक्षागत रुपमा चर्चामा आएपनि व्यापारिक रुपमा भने चलेन ।

यसरी हेर्दा दर्शकले, सिमित ब्यानर र सिरिजमा मात्र बढी विश्वास गरेको पाइन्छ । यसले, आगामी दिनमा रिलिज हुन लागेका फिल्मका निर्माताले प्रचार र बिषयवस्तुमा विशेष ध्यान दिनुपर्ने संकेत गरेको छ ।


Leave a Reply

Your email address will not be published.