सोनालीको खुलासा–‘अन्डरवर्ल्डका कारण धेरै फिल्म गुमाएँ’

बलिउड नायिका सोनाली बेन्द्रेले अन्डरवर्ल्डसँग बलिउडको कनेक्शन भएका कारण आफूले कैयौ फिल्म छाड्नुपरेको बताएकी छिन् । मिडियासँग कुराकानी गर्दै उनले भनेकी छिन्–‘९० को दशकमा निर्देशक र निर्माता अन्डरवर्ल्डको दबाबमा रहेर काम गर्थे । उक्त समय कैयौ फिल्ममा अवैधानिक रुपमा अन्डरवर्ल्डको लगानी हुने गर्दथ्यो । यदि, उक्त समयमा अन्डरवर्ल्डका मानिसहरुलाई कसैले साथ नदिए, उक्त कलाकारलाई कहिले पनि काम मिल्दैनथ्यो ।’

उनले अगाडि भनिन्–‘मैले आफूलाई सधै नै त्यस्ता फिल्मबाट टाढा राख्ने कोशिश गरेँ । अन्डरवर्ल्डकै कारण मैले केही फिल्म छाडेकी छु । मैले कुनै फिल्म साइन गर्थेँ, पछि उक्त फिल्म अरु कुनै नायिकाको हातमा जान्थ्यो । मलाई निर्देशक र निर्माताले उक्त समयको अवस्थाको बारेमा संझाउने कोशिश गर्थे ।’

सोनालीले आफ्नो करिअरको सुरुवात सन् १९९४ मा फिल्म ‘आग’बाट सुरु गरेकी थिइन् ।